• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

  •  संवाददाता
  • शुक्रबार, मंसिर २२, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा, २१ मंसिरर पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ ।

    पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
    पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

    ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्
    उनले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन,अर्थतन्त्र चलायनमान बनाउन तथा नयाँ प्रविधिबारे जानकारी दिनु मेला र महोत्सवको उद्धेश्य भएको बताउँदै मेला नाफामुखी नभएर प्रवद्र्धनात्मक भएको जिकिर पनि गरे । समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता,पोखरासहित गण्डकी प्रदेशमा औद्योगिक क्षेत्र स्थापना, सडक सञ्जालको विस्तार तथा रोजगारीलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह पनि गरे ।

    नागरिकहरुमा यतिबेला आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको भोक जागेको बताउँदै अध्यक्ष प्रजापतिले नागरिकहरुका असीमित चाहना एकै दिनमा पूरा गर्न कठीन भए पनि विकास निर्माणमा जुन द्रूत गति आवश्यक थियो,त्यसो नहुँदा जनतामा निराशा छाएको उल्लेख गरे ।
    ‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन गर्न नसकिए देश बृद्धहरुको बासस्थानमा बदलिने हो कि भन्ने चिन्ता थपिएको छ,’ उनले भने,‘ आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन,स्वदेशै रोजगारी सिर्जना गर्न तथा सुशासन कायम गराउनको निम्ति राजनीनिक नेतृत्व अलिकति बढी गम्भीर बन्नैपर्ने देखिएको छ ।’

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँदर आतंकले बाँझो रहेका गाउँका पाखाहरुमा गाँजा खेती गर्नुपर्ने तर्क गरेका छन् । उनले गण्डकी प्रदेश सरकार गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा रहेको पनि बताएका छन् ।अहिले गाउँहरु पूरा रित्तो छन् । बारीहरु बाँझो छन् । दिनदिनै गाउँका साथीहरु आउनुहुन्छ, गाउँका मान्छेको एउटै आवाज छ, बाँदर धपाइदे । बाँदर रोक्दे । बाँदर रोक्ने उपाय छैन,’बिहीबारबाट पोखरामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले भने,‘ कम्तिमा बाँदरले गाँजा खाँदैन हेर्नुहोस् । मैले बुझेको यत्ति हो । त्यसैले बाँझो बारीमा गाँजा उत्पादन हुनसक्छ । त्यहाँ गाँजा रोप्ने हो । त्यसबाट औषधिजन्य उद्योग खोल्ने हो ।’

    उनले प्रदेश सरकारको अवको अधिवेशनमा गाँजा खेती र घरेलु मदिरालाई वैधानिकता दिने दुई विधेयक दर्ता गरिने जानकारी दिए ।बाँदर आतंकबारे बोल्ने क्रममा उनी त्यत्तिकै रोकिएन् । उनले थपे,‘ दुईवटा कुरा मैले नीति तथा कार्यक्रममा पनि भनेको छु, आज पनि भन्छु । एउटा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने र अर्को गाजा खेतीलाई वैधानिकता दिने । गाँजा लागुपदार्थमात्र हैन । यहाँ दुईजना डीआइजी र सिडिओ साब पनि हुनुहुन्छ । म फेरि दोहो¥याएर भन्छु, गाँजा लागुपदार्थमात्र हैन, यो औषधिजन्य पदार्थ हो । यसको डाँठबाट औद्योगिक उत्पादन पनि हुँदो रहेछ हामीलाई चिन्ता छ कि, यसको दुरुपयोग नहोस् । एउटा मस्यौदा बनेको छ । घरेलु मदिरालाई कानूनी मान्यता दिने र गाँजालाई कानूनी मान्यता दिँदै औषधिजन्य र औद्योगिक उत्पादनमा प्रयोग गर्ने । सरोकारवाला निकायसँग अन्तिम छलफल गर्छौं । मेरो चाहना त, अस्ति नै एकजना मन्त्रीले भन्नुभयो, पत्रकारले उडाँइदिनुभयो । श्रीलंकाले अहिले बाँदरको व्यापार गर्छ । खसीको व्यापार गर्न हुन्छ, बाख्राको व्यापार गर्न हुन्छ, बाँदरको किन हुँदैन रु मलाई पनि लागेको हो । बाँदर पनि पशु नै हो आखिर । त्यसको व्यापार किन गर्न किन नहुने । कतिमात्रामा गर्ने रु यहाँ पशु अधिकारकर्मी पनि हुनुहुन्छ । उहाँको कुरा पनि सुन्नुपर्ने होला । कति गर्न सकिन्छ ।’

    उनले विश्वका धेरै देशले आफ्नो मौलिक मदिराको उत्पादनलाई वैधानिकता दिँदै प्रवद्र्धन गरेको दृष्टान्त दिँदै घरेलु मदिराले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र आत्मनिर्भरता दिलाउने भएकाले वैधानिकताको पहल गरिएको पनि बताए ।

    उनले आफ्नो भनाइको पुष्टि गर्ने क्रममा भने,‘ घरेलु मदिराको ब्राण्ड्रिङ,धेरै देशले गरेका छन् । चीनको माओथाइ रक्सी ब्राण्डिङ छ । जापानको छ । कि नेपालमा अरु रक्सी उत्पादन गर्न नपाइने भन्नुप¥यो । हैन भने किन घरेलु मदिरा उत्पादन गर्न नहुने रु हामी घरेलु रक्सीको ठूला उद्योग खोल्ने भनेको हैन । सानासाना घरेलु उद्योग खोल्ने भनेको हो । अहिले पनि लुकेर उत्पादन गरेको छ, लुकेर खाएको छ । धेरै मान्छेको जीविकोपार्जन भइरहेको छ । गुणस्तर नभएर कहिलेकाहिँ घरेलु रक्सी खाएर यति म¥यो भन्ने सुन्छौँ तर हामी त्यसलाई गुणस्तरीय उत्पादन गरी आत्मनिर्भर बनाउन चाहन्छौँ ।’

    संघलाई पर्खदैनौं, कानून बनाउँछौंस्

    मुख्यमन्त्री पाण्डेले संघीयताले परिकल्पना गरे अनुसारका कानून निर्माणमा ढिलाइ भएको बताउँदै अव संघको मुख नताक्ने र आवश्यक कानून बनाउने उद्घोष पनि गरे ।‘संघीयता त आएको छ तर कानूनहरु संघीयताले अपेक्षा गरेअनुरुप बनाउन सकिएको छैन । तर हामीले एउटा संकल्प गरेका छौँ , संघको कानून पर्खेर बस्ने हो भने हाम्रो पर्फमेन्स र लक्ष्य प्राप्ति हुँदैन,’उनले। भने,‘ अव संघ सरकारले कानून बनाएन भने पनि हामी बनाउँछौं । त्यसलाई अक्षरशः पालना गर्छ । बाझिएछ भने त्यो बेला जे गर्नुपर्छ गरौँला । ’

    रोजगारी सिर्जनामा चुनौती :
    मुख्यमन्त्री पाण्डेले २०४६ सालको परिवर्तनपछि खानेपानी, बाटो,शिक्षा,स्वास्थ्यको विकासमा देशले फड्को मारे पनि देशमा रोजगारी सिर्जनामा चुक्दा समस्या उत्पन्न भएको जिकिर पनि गरे ।‘गाउँमा अहिले दक्ष र अदक्ष दुवैखालको जनशक्ति छैनन्, सवैभन्दा ठूलो चिन्ता यहीँनेर छ । हाम्रा क्रियाकलापहरु रोजगारी सिर्जनामा लक्षित हुनुपर्छ । त्यो गर्न सकेमात्र हामी आत्मनिर्भर बन्नसक्छौं । समुन्नत प्रदेश बनाउन सक्छौं,’उनले थपे ।
    उनले गण्डकी प्रदेश सरकार पर्यटनलाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताउँदै पर्यटन उद्योगलाई कसरी माथि लैजान सकिन्छ भन्नेबारे प्रदेश सरकारले गम्भीर रहेको पनि बताए । कुनै कानूनले पर्यटन उद्योगमा अवरोध सिर्जना गरेको छ भने प्रदेश सरकार सहजीकरण गर्न तयार रहेको मुख्यमन्त्रीको भनाइ थियो ।

    हाम्रा कानूनका कारण भएका समस्या छन् भने खुलेर छलफल गर्न तयार छौँ । हामी छिट्टै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न तयार छौँ । राजधानी घोषणा भइसकेपछिका आवश्यकता के–के ह्ुन् भन्ने रिपोर्ट आइसकेपछि घोषणा गरिन्छ । त्यसले हुने त केही हैन तर आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने मेरो भनाइ हो,’उनले थपे ।उनले फेवाताल संरक्षणबारे सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आदेश कार्यान्वयनमा सहजीकरण गर्न आफ्नै संयोजकत्वमा समिति बनाइएको प्रष्ट पारे ।‘अदालतले दिएको आदेशलाई पालना गर्नुपर्ने हाम्रो कर्तव्य हो । अवैध संरचना जति छन्, खाली गराउनू र वैध संरचनाको क्षतिपूर्ति दिने भनेको छ । फेवातालको जति बढी सौन्दर्यकरण गरिन्छ,पर्यटन उद्योग त्यति नै फस्टाउँछ । त्यसैले फेवाको संरक्षण गर्नु हाम्रो सामाजिक दायित्व हो,’उनले भने ।

    कानून बन्दैछन्, औद्योगिक क्षेत्र छिट्टै ः पर्यटनमन्त्री :
    गण्डकीका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले युवा पलायन देशको प्रमुख समस्या भएको बताउँदै रोजगारी सिर्जनाले मात्र पलायन रोक्न सकिने बताए । उनले रोजगारी सिर्जनाको लागि प्रदेश सरकारले वन ऐन ल्याएको र अव प्रदेशले जडिबुटी र काष्ठ उद्योगलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्ने बताए ।उनले पोखरा महानगरको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको लागि अन्तिम कार्य भइरहेको बताउँदै अन्य पालिकाहरुमा पनि औद्योगिक ग्राम खोलिने बताए ।उनले गण्डकी क्षेत्र पदयात्राको लागि प्रख्यात रहेको र पदयात्रा मार्ग मासिँदा पर्यटन उद्योगमा असर परेको स्वीकार्दै अव वैकल्पिक पदयात्रा मार्गको निर्माणलाई विशेष महत्व दिइने पनि जानकारी दिए ।
    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद विन्दुकुमार थापाले फेवाताल वरपरका जग्गाधनीहरुलाई उचित मुआब्जाको ग्यारेण्टी गर्दै फेवाताल संरक्षणको योजना अगाडि बढाउनुपर्ने बताए । उनले पोखरामा स्थायी प्रदर्शनी केन्द्र निर्माणलगायतका भौतिक पूर्वाधारका काममा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन तथा महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

    प्रभातफेरीमा आमा समूहको बाक्लो उपस्थिति
    मेलाको समुद्घाटन अगाडि संघको सचिवालय गैह्रापाटनबाट मेलास्थलसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा पोखरा महानगरभित्रका १२५ वटाभन्दा बढी आमा समूहको सहभागिता रहेको संयोजक तथा संघकी कार्यसमिति सदस्य प्रभा सुवेदीले जानकारी दिइन् । उनका अनुसार प्रभातफेरीमा विभिन्न बस्तुगत संघ र व्यावसायिक एवं सामाजिक संघ÷संस्थाको पनि सहभागिता थियो । २५० वटाभन्दा बढी व्यावसायिक स्टल रहेको मेलामा शुक्रबारबाट सांस्कृतिक कार्यक्रम पनि आयोजना हुँदैछ ।

    शुक्रबार, मंसिर २२, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.