पोखरा महानगरपालिकाका बिभिन्न वडाहरुबाट प्रहरीले लागू औषध सहित ४ जना लाई पक्राउ गरेको छ ।मंगलबार वडा प्रहरी कार्यालय रामबजारबाट खटिईको प्रहरी टोलीले पोखरा १४ बाट धादिङका पुर्ण तामाङ र आशिष थापा मगरको साथबाट लागू औषध गाँजा १ किलो ५०० ग्राम सहित पक्राउ गरेको हो ।
त्यस्तै वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट संयुक्त रुपमा खटिई प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं।४ कोईरलामार्ग सर्लाहीका बिरु परियार,पर्बतका बिनोद पुन लाई पक्राउ गरेको र उनिहरुको साथबाट लागू औषध गाँजा १ किलो ४८० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।पक्राउ परेकाहरु लाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पन्ध्र ९१५० म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।




