राष्ट्रिय जनावर गाइलाई ठक्कर दिएर भागेका एक जना चालकलाई प्रहरीले बससहित पक्राउ गरेको छ। पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ५ ख २११३ नंम्बरको यात्रुवाहक बसले पोखरा औद्योगिक क्षेत्रस्थित पृथ्वी राजमार्गमा बाटोमा हिडिरहेको गाईलाई ठक्कर भागेपछि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, त्यस बसको ठक्करबाट घाइते भएको गाइको मृत्यु भएको थियो भने गाइलाई ठक्कर दिएर भागेका चालक धादिङ रोराङ नगरपालिका वडा नं. ३ बस्ने वर्ष २८ को रोशन ठकुरीलाई बस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
ठकुरीबिरुद्ध कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।




