• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

विश्वको कुख्यात जेलमा थुनिएका निर्दोषको कथा

  •  संवाददाता
  • आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    Advertisement

    महोम्मेदु अल्ड सलाहीको चर्चित आत्मकथा ‘ग्वान्टानामो डायरी’मा आधारित रहेर स्कटिस निर्देशक केभिड म्याकडोनाल्डले बनाएको ‘द मरीटेनियन’ १२ फेब्रुअरीदेखि अमेरिकामा प्रदर्शनमा आएको छ । सलाही ती व्यक्ति हुन्, जसले बिना कसुर ग्वान्टानामो समुद्री किनारास्थित कुख्यात अमेरिकी बन्दीगृहमा यातनापूर्वक १४ वर्ष बिताए । अमेरिकी न्याय प्रणालीको एक अँध्यारो पक्षलाई यस फिल्मले उजागर गरेकोे छ ।
    सेप्टेम्बर ११, २००१ मा अमेरिकामा अलकायदाले गरेको आतंककारी हमलाको दुई महिनापछि फिल्मको कथा सुरु हुन्छ । मोहम्मेदु सलाहीको भूमिकामा तहर रहिम छन् । उत्तर अफ्रिकी देश मरीटेनियाको समुद्री किनारमा भएको वैवाहिक समारोहको दृश्य फिल्मको सुरुवातमा देखाइएको छ । यतिबेला सलाही जर्मनीबाट छात्रवृत्तिमा इलेक्ट्रिकल इन्जिनियनिङ पढेर स्वदेश फर्किएका थिए । अमेरिकी अधिकारीहरुले प्रश्न सोध्न खोजेको भन्दै सलाहीलाई स्थानीय प्रहरीले आफुसँग हिँड्न भन्छ, यतिबेला आमा बाया बिलाल निकै पीडामा देखिन्छिन् । छोराले छिट्टै फर्कन्छु भनेपनि उनलाई जीवनभर भेट हुँदैन भन्ने लागिसकेको हुन्छ । सलाही ९० को दशकको सुरुवातमा कम्युनिष्ट सरकार गिराउन अफगानिस्तानमा भएको जिहादी आन्दोलनमा सहभागी थिए, यतिबेला अमेरिकाले पनि जिहादीहरुलाई सहयोग गरेको थियो । तर सेप्टेम्बर ११ पछिको परिवर्तित सन्दर्भमा उनी अमेरिकी सुरक्षा अधिकारीहरुकै आँखाको तारो बन्छन् ।
    आफ्ना भाइ महफौज ओउल्ट अल वालिदा उर्फ अबु हाफ्स अल मउरिसानीको ठेगाना भनिदिन उनीसमक्ष आग्रह गरिएको हुन्छ, यी व्यक्ति अल कायदाका सदस्य तथा बिन लादेनका सल्लाहकार हुन्छन् । अबुले कुनै समय जर्मनी छँदा लादेनको नम्बरबाट सलाहीलाई फोन गरेका हुन्छन् । सलाहीले उनकै अनुरोधमा एक व्यक्तिलाई जर्मनीस्थित आफ्नो कोठामा बास पनि दिएका दिन्छन् । यति सम्पर्क र परिस्थितीजन्य फोन कलकै आधारमा सलाही र अलकायदाको सम्बन्ध स्थापित हुन सक्दैन । न, त उनी सेप्टेम्बर ११ को हमलामा सहभागी थिए भन्ने स्थापित हुन्छ । यद्यपी, ग्वान्टानामो हिरासत केन्द्र कानूनरहित ठाउँ हो, जहाँ मानिसहरुलाई वर्षौंसम्म बिना आधार–प्रमाण थुन्न, यातना दिन र भए नभएका कुरा ओकल्न लगाइन्छ ।
    सलाहीले वल्र्ड ट्रेड हमलामा प्लेन उडाउने चालक छनोट गरेको आशंका गरिन्छ र कुनै प्रमाण तथा औपचारिक अभियोग बिना नै उनलाई वर्षौंसम्म थुनामा राखिन्छ । आफु निर्दोष भएको बयान पटक–पटक दिएपनि सलाहीलाई मुक्ती मिल्दैन । भेट्रान वकिल न्यान्सी होल्यान्डर ९जोडी फोस्टर० ले सलाहीको बन्दी प्रत्यक्षीकरण ९गैरकानूनी रुपमा थुनामा राखिएका बन्दीलाई अदालतमा पेश गर्नुपर्ने० मुद्दा हेर्छिन् । आफ्ना सहयोगी टेरी डुन्क्यान ९साइलेनी उड्ली० लाई लिएर होल्यान्डर हिरासत केन्द्र पुग्छिन्, विभिन्न समस्याहरु झेल्दै उनीहरुले हिरासत केन्द्रमा बनाइएका झुठा र बनावटी तथ्य खोतल्न थाल्छन् ।
    अर्कोतर्फ स्टुआर्ट कोच छन्, जसको भूमिका बेनेडिक्ट कुम्बर्वाचले निर्वाह गरेका छन् । यी पूर्व पाइलटका एक निकट साथी त्यही विमानमा सवार हुन्छन्, जसलाई अपहरण गरेर वल्र्ड ट्रेड सेन्टरको दक्षिणी टावरमा खसालिएको थियो । त्यसैले यस घटनामा उनलाई पनि व्यक्तिगत चासो हुन्छ, यसक्रममा आफ्नो देशले गरेको अपराधको गहिराई पत्ता लगाउँछन् ।
    लामो कानूनी लडाइँपछि २०१० मा सलाहीलाई जमानतमा रिहा गर्न अदालतले आदेश दिन्छ । तर बाराक ओबामा प्रशासनले फेरि यसबारे पुनरावेदन गर्छ र अर्को ७ वर्षसम्म सलाही थुनामै रहन्छन् । यही अवधिमा २०१३ मा उनकी आमाको निधन हुन्छ ।

    यसरी, केही प्रश्न सोध्न लगिएका व्यक्ति १४ वर्षसम्म बिना प्रमाण हिरासतमा पर्छन् । उनी ७ सय ६० नम्बरका कैदी हुन्, आफ्नो कोर्टमा फुटबल फ्याँकिरहने फ्रान्सेली साथीसँग उनको दोस्ती जम्छ । उनले आफुलाई ‘मरीटेनियन ’ भनेर बोलाउन आग्रह गर्छन् ।

    यस कथाले युद्धको आतंकमा सर्वसाधारण कसरी प्रताडित हुन्छन् भनेर देखाएको छ । विशेषगरी, सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले हवाई हमला गरेपछि मध्यपूर्वका पूरुषहरुलाई शंकाकै भरमा कतिसम्म यातना दिइएको थियो भन्ने देखाउँछ ।

    आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.