नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पॉचथर सदरमुकाम फिदिममा आयोजना गरेको बृहत सभामा अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषण सुनेर घर फर्कने क्रममा गाडीबाट झरेर शनिबार सॉझ एक कार्यकर्ताको घट्नास्थलमै निधन भएको छ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा गाडीबाट झरेर हिलिहाङ ५ सुभाङका ४८ वर्षीय प्रेम संग्रौलाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
फिदिममा सम्पन्न बृहद आम सभा सकेर टिपरको डालोमा बसी घर फर्किंदै गर्दा झरेर फिदिम ४ जोरसाल बजार नजिकै मध्य पहाडी राजमार्गमा उनको मृत्यु भएको प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए।
एमालेले शुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत ओलीले शनिबार पॉचथरको फिदिममा सम्बोधन गरेका थिए। एमालेले उक्त अभियानको आज चिवाभज्याङ पुगेर औपचारिक समापन गर्दैछ।
प्रतिक्रिया




