पोखराको पृथ्वीचोकबाट ब्राउन सुगर सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पृथ्वीचोकमा रहेको एक होटेलमा लागू औषध विक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा खानतलासी लिँदा उक्त सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।
पक्राउ पर्नेमा झापा सबिन अली, जिल्ला संखुवासभाका सन्दीप अधिकारी र धादीङ सबिन घलेल रहेका छन् । उनिहरुको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्को पदार्थ ३ ग्राम ५०० मिलिग्राम फेला परेको हो । पक्रउ परेकाहरुलाई नियन्त्रणमा कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।




