पोखरा १० पुसर गएराति पोखराको पस्र्याङमा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ।५ पर्स्याङ स्थित सिद्दार्थ बैंक अगाडि कारले ठक्कर दिंदा दुई जना पैदलयात्रीको मृत्यु भएको हो।मध्यराति बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नंवरको कारले पदैलयात्रीलाई ठक्कर दिइएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।





कार प्रहरी नियत्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । मृत्युहुने पैदलयात्रीमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका ६ घर भइ हाल पोखरा–३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पैदलयात्री अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको हो । घाईते दुबैलाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषण गरेका थिए । उनिहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको थप अनुसन्धान जारी रहको कास्की प्रहरीले जनाएको छ ।




