पोखराको सुर्य दर्शन सहकारी प्रकरण स् संचालक समितिका उपाध्यक्ष पक्राउ
पोखरा ४ नालाकोमुखमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको आरोपमा थप १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं ७ घर भई सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिको उपाध्यक्ष कैलाश कुमार दर्लामी रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।
सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका दर्लामीलाई बिहिवार रामेछापबाट पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।




