स्वास्थ्य संस्था स्तरोन्नतिको माग राखेर प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा माथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य संस्था स्तरोन्नतिको माग राखेर प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा माथि प्रहरीले गोली चलाउँदा बरहथवा नगरपालिका(६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो।
प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भए पछि अशान्त रहेको सर्लाहीको स्थितिलाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५स्३० बजेदेखि भोलि बिहान ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० ९१० ९३० बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।
कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र ९उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान० सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न , भेला हुन र बाहिर हिलडुल गर्न पाउने छैनन् ।
शव स्थानीयले घेरेर राखेकाले सो क्षेत्रमा थप प्रहरी बल पठाइएको स्थानीय प्रशासनले जनाएको छ। बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ ।




