बाल विवाह गराइरहेका पण्डित र दुलाहालाई प्रहरीले दाङको विवाह मण्डपबाटै पक्राउ गरेको छ। दाङको तुलसीपुर ८ कटकुईयामा बाल विवाह भैरहेको सुचना पाएको प्रहरीले दुलाहा र पण्डितलाई विवाह मण्डपबाटै पक्राउ गरेको हो।
बाल बिवाह गरिरहेका दुलाहा २९ वर्षीय डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित ताराप्रसाद देवकोेटालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।
डाक्टर केसीले तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकासंग बालविवाह गराइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक मल्लले बताए।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




