पोखरा
नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय सफल
म्याराथन प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्ने गरी मञ्च र पब्लिक फोरके
टेलिभिजनबीच बुधबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली र पब्लिक फोरके
टेलिभिजनका तर्फबाट प्रवन्ध निर्देशक मन क्षेत्रीले संयुक्त हस्ताक्षर गरे ।
सम्झौतामा हस्ताक्षर गर्दै मञ्चका अध्यक्ष पराजुलीले पब्लिक टेलिभिजनसँग मञ्च
जोडिन पाउँदा खुसी लागेको बताए ।
।।।यो म्याराथन गतवर्ष पनि यहाँहरुले गर्नुभो, राम्रो गर्नुभो । यो वर्ष पनि
अझ व्यवस्थित र अझ राम्रो गर्नुहुनेछ भन्ने विश्वासका साथ यहाँहरुसँग
जोडिएका छौं,’ पराजुलीले भने, ।।।मञ्च तपाईंहरुसँग जोडिन पाउँदा खुसी
व्यक्त गर्दछौं ।’
सम्झौता हस्ताक्षर कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले
१८ औं संस्करणको म्याराथनका लागि खेलाडी आह्वानको प्रचारप्रसार सामग्री
सार्वजनिक गरेका थिए ।
कार्यक्रममा पब्लिक फोरके टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले
प्रविधिको प्रयोगसँगै पोखरा र यस वरिपरि हुने खेल गतिविधिलाई विश्वमाझ
पु¥याउन आफूहरु तत्पर रहेको बताए । उनले अघिल्लो संस्करणभन्दा अझ
परिष्कृत ढंगबाट प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको सुनाए ।
।।।गतवर्ष पनि हामीले नै प्रत्यक्ष प्रसारण गरेका थियौं । अहिले पनि अझ
व्यवस्थित, परिस्कृत रुपमा प्रत्यक्ष प्रसारण गर्ने विश्वास दिलाउन चाहन्छौं,’ क्षेत्रीले
भने, ।।।पोखरासहित यस वरपर हुने ठूला र महत्वपूर्ण खेल गतिविधिहरुलाई सम्भव
भएसम्म सँगै जोडिएर संसारभर पु¥याउने हाम्रो मुख्य लक्ष्य हो ।’
उनले म्याराथनको सिलसिलामा भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने
अन्तर्राष्ट्रिय मान्यता प्राप्त इभेन्ट पनि प्रत्यक्ष प्रसारण गर्न पाउँदा एकदमै
खुसी लागेको बताए । पब्लिक फोरके टेलिभिजनले प्रदेशका प्रतिष्ठित भलिबल,
फुटबल प्रतियोगिता पनि प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।
सफल पोखरा म्याराथन पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने
सफल पोखरा म्याराथन पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




