पोखराको न्युरोडबाट नौ जना जुवाडे समातिएका छन् ।
शनिबार राती करीब साढे आठ बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा समातिएका नौ जना जुवाडेमध्ये चार जना महिला रहेका छन् ।
जुवाखालाबाट समातिएका महिलाहरुमा पोखरा महानगरपालिका वडा नं। ८ न्युरोड बस्ने बर्ष ३५ की दिपा पुन, पोखरा १८ साराङकोट बस्ने बर्ष ३६ की पवित्रा ढकाल, पोखरा ११ बस्ने बर्ष ३६ की दिप्लव चोचाङ्गी र पोखरा १७ बिरौटा बस्ने बर्ष ५० की आईती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। त्यस्तै सोही जुवाखालबाट पोखरा १ बगर बस्ने बर्ष ५४ को जित बहादुर गुरुङ, पोखरा ११ फुलवारी बस्ने बर्ष ७१ को तिर्थ बहादुर गुरुङ, रुपा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १० रामबजार बस्ने बर्ष ३५ को अमर खनाल, पोखरा १४ बस्ने बर्ष ३६ को कुल बहादुर गुरुङ र पोखरा १७ बिरौटा बस्ने बर्ष ३२ को नबिन थापालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट प्रहरीले चार बुक तास र नगद रु।एक लाख २२ हजार एकसय ७५ रुपियाँ बरामद गरिएको प्रहरीले दाबी गरेको छ।
उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर ९जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने० सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बडाईएको प्रहरीले जनाएको छ ।




