सहारा क्लब पोखरा द्वारा आयोजित प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
टिमका लागि एक मात्र गोल टिम कप्तान भरत खवासले गरे । खेलको २७ औं मिनेटमा गोल गरेका भरतको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
निर्णायक गोल गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भए ।

बिहिबार हुने तेश्रो तेस्रो प्रिक्वाटर खेलमा मच्छिन्द्र क्लब र जावलाखेल क्लब भिड्ने छन् ।




