बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ ।
समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो ।
गत माघ २१ गते बिहान विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो ।
अभियानबाट कूल रु २७ लाख ३८ हजार ३९१ कोरियन वन रकम सङ्कलित भएको र सोही रकम भट्टको परिवारलाई हस्तान्तरण गरिएको सुदूरपश्चिम समाज कोरियाले जनाएको छ । भट्टको हत्यारा भनिएका एक किशोरलाई यसअघि नै प्रहरी सार्वजनिक गरिसकेको छ ।
भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग
भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




