पच्छिन्द्र फुटबल क्लब आहा रारा गोल्डकपबाट बाहिरिएको छ । बिहीबार भएको पहिलो खेलमा जावलाखेल युवा क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै मच्छिन्द्र बाहिरिएको हो ।
पोखरा रंगशालमा जावलाखेललाई जित दिलाउन हिसुव थपलियाले गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गरेको गोल नै जावलाखेललाई जित दिलाउन प्रयाप्त बन्यो ।
पहिलो हाफमा केही कमजोर बनेको मच्छिन्द्रले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन ।
स्टार खेलाडीले भरिएको मच्छिन्द्र पहिलो खेलबाट नै बाहिरिन पुग्यो । जावलाखेलले अब क्वाटरफाइनलमा मनाङसँग प्रतिस्पर्धा गर्नेछ ।




