बिटी कपमा प्रिक्वाटर समिकरण पुरा
बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औ
औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलको
समिकरण पुरा भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (आइतबार) दोस्रो चरणका
सबै खेल सकिएसँगै प्रिक्वाटरफाइनलका समिकरण पुरा भएको हो ।
बेलिज एफसी र दिव्यज्योती युवा क्लबबीच आज भएको पहिलो खेल १–१
गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले
५–४ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गर्याे ।
खेलमा बेलीजका लागि नकुल तामाङले १ गोल गरेका थिए भने
दिव्यज्योतीको तर्फबाट विशाल गुरुङले १ गोल गरेका थिए ।
यस्तै कलमपोखरी र लामागाउँ टिम ‘ए’ बीच भएको दोस्रो निर्धारित समया
खेल गोलरहित भएपछि टाइब्रेकरमा ९–८ गोल अन्तरले लामागाउँ विजयी
बन्यो ।
तेस्रो खेलमा एट ट७३घढस नाइनले लामागाउँ टिम ‘बि’लाई १–० गोल अन्तरले
पराजित गर्याे ।
एट टु नाइनको जीतमा धुव घिमिरेले निर्णायक गोल गरे ।
यस्तै चौथो खेलमा म्याक्सवेल पोखराले रत्नसमाज क्लब कस्केरीमाथि १–०
गोल अन्तरले सँघर्षपुर्ण जीत निकाल्यो ।
म्याक्सवेलको जीतमा अर्जुन थकालीले निर्णायक गोल गरे । अब
म्याक्सवेलले प्रिक्वाटरमा तारा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
पाँचौ खेलमा नमस्ते ब्रदर्शले मण्डला एफसीलाई ३–० गोल अन्तरले
पराजित गर्याे । नमस्तेको जीतमा शोभित भण्डारीले २ गोल र आशिष
छन्त्यालले १ गोलको योगदान दिए ।
यसैगरी आज भएको अन्तिम खेलमा एन टु क्याफेले एपेक्स काँडेमाथि
४–० गोल अन्तरले सहज जीत निकाल्यो । एन ट टुको जीतमा विक्रान्त लामाले २ गोल गरे भने उर्गेन लिम्बु र अभय राणाले समान १ गोलको
योगदान दिए ।
खेल संयोजक रामकाजी गुरुङका अनुसार सोमबारदेखि प्रिक्वाटरका खेल
हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ७बmउस१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा
मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित
प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात
पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक
गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने
अन७३घढसशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।




