धनुषाको बटेश्वर गाउँपाकिालका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस लिएको आठ लाख रुपैयाँ फालेर फरार भएका छन् । भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।
अख्तियार टोली देखेपछि अध्यक्ष राउत प्र।२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा चढेर भागेका थिए । अध्यक्ष राउत भागे पनि उनको चालक वीरबहादुर मगरलाई भने नियन्त्रणमा लिएको छ ।
चालक मगरको सूचनाको आधारमा धनुषाकै छिरेश्वर नगरपालिका ४ स्थित बाटो छेउमा रकम फालेको अवस्थामा बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । त्यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




