गण्डकी प्रदेश सरकारमा चौथो पटक मन्त्री भएका दीपक मनाङेलाई सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय सचिवालय बैठक अनुसार मनाङेसँग स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। मनाङे पार्टी प्रवेश गरेपछि आफूहरूले मन्त्रीसमेत बनाएको अवस्थामा अहिले छलफल नै नगरी समीकरण बदलेर कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको सचिव श्रेष्ठले बताए ।
२०७९ को निर्वाचनमा मनाङे मनाङ १ (ख) बाट स्वतन्त्र निर्वाचित भएका थिए। त्यसपछि उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। तर हालै मात्र उक्त पार्टी छाडेका मनाङे कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भइसकेकका छन् ।




