गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न
पोखरा । गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्टहरु शनिबार पोखरा
रंगशालमा सम्पन्न भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष
दृष्टिबिहिन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर
टेबुल टेनिस, बहिरा महिला व्याडमिन्टन र बहुअपङ्गता बोसियाका खेलहरु सम्पन्न
भएका हुन् ।
प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल बिजेता
बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका
ह्विलचियर टिम बनेको छ । बिजेता टिमले बिजेता, उपबिजेता र तेस्रो स्थान प्राप्त गनेर्
टिमले क्रमश नगद रु २५ हजार १५ र १० हजार नगदका साथमा ट्रफी, मेडल र
प्रमाणपत्र हात पारे प्रतियोगितामा सुरेश गौली उत्कृष्ट र हाइस्कोरर भरत बानियाँ
भएका छन् । उनीहरुले जनही नगद १ हजारका साथमा ट्रफी प्राप्त गरे ।
त्यसै गरी दृष्टिबिहिन पुरुष क्रिकेटतर्फ दुई टिम सहभागि मध्ये गण्डकी ।।।
ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद रु २८ हजार प्राप्त गर्दा गण्डकी
।।।बी’ टिम दोश्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ । खेलमा
टिम ए का सुनिल राना म्यान अफ दि म्याच भए । उनले नगद रु १ हजार ५ सयका
साथमा ट्रफी हात पारे । त्यस्तै बी–३ तर्फ लोक बहादुर थापा, बी–२ तर्फ
सुनिल राना र बी–१ तर्फ शेरजन गुरुब उत्कृष्ट हुँदै जनही नगद रु १–१ हजारका
साथमा ट्रफी प्राप्त गरे ।
त्यसै गरी दृष्टिबिहिन महिला क्रिकेटतर्फ दुई टिम सहभागि मध्ये गण्डकी ।।।
ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद रु २८ हजार प्राप्त गर्दा गण्डकी
।।।बी’ टिम दोश्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ । खेलमा
टिम ए की विनिता पुन म्यान अफ दि म्याच भइन् । उनले नगद रु १ हजार ५ सयका
साथमा ट्रफी हात पारिन् । त्यस्तै बी–३ तर्फ विनिता पुन, बी–२ तर्फ भगवती
भट्टराई र बी–१ तर्फ सुष्मा तामाब उत्कृष्ट हुँदै जनही नगद रु १–१ हजारका साथमा
ट्रफी प्राप्त गरे ।
यस्तै बहिरा पुरुष भलिबलतर्फ बागलङ सम्मिलित टिम बिजयी भएको छ भने
पोखराले उपविजेतामा चित्त बुझाएको छ । बागलुबले नगद २० हजार र पोखराले
नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसै गरी ह्विलचियर टेबुल टेनिसमा क्रमश धना मगर, लक्ष्मी सुनार, अन्जु बराल र
अञ्जना के.सी क्रमश.पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमश
जनही नगद रु ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र
प्राप्त गरेका छन् ।
बहिरा महिला ब्याडमिन्टन प्रतियोगितामा शारदा थापा, सरिता उपाध्याय, कमला मगर
र मलिना श्रेष्ठ क्रमश.पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमश
जनही नगद रु ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र
प्राप्त गरेका छन् । गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पन्न बहु अपाङगता
बोसिया प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।
यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले
गरेका थिए । प्रतियोगितामा बिजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुदका
कार्यकारी सदस्य दिल बहादुर गुरुङ, प्रदेश खेलकुदका सदस्य विष्णुमायाँ गुरुङ
कार्यालय प्रमुख तोपलाल भुसालले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण
गरेका थिए ।
चैत्र ७ गते र १० गते गरी दुई चरणमा सम्पन्न उक्त पारा खेलकुद प्रतियोगितामा ३
सय वढि खेलाडीहरुले विभिन्न ८ वटा इभेन्टमा सहभागिता जनाएको प्रदेश
खेलकुदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिए ।




