पोखरा । फोटो ग्राफर संघ पोखराले फोटो ग्राफी पदयात्रा सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशलाई फोटोको माध्ययममार्फत प्रबद्र्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको पदयात्रा सम्पन्न भएको हो ।
संघले तीन चरणमा गरि फोटो यात्रा सम्पन्न गरेको हो । पहिलो दिन पोखराबाट काउरे डाँडा, सेती खोला हुँदै तातिङ हुँदै मादी गाउँपालिका र पोखरा फोटो ग्राफर संघ बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । यस्तै दोस्रो दिन तातिङबाट हुँदै नौजु डाँडा, चाँया सुन्दर करापुडाँडा र तेस्रो दिन करापुडाँडाबाट याङजाकोट हुँदै पोखरा फर्किएका हुन् । संयोजक शंकर कोइरालाले फोटोग्राफी पदयात्राले फोटोग्राफरलाई रिफ्रेसमेन्ट सँगै पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि महत्वपुर्ण भूमिका खेल्ने बताए । उनले हरेक वर्ष संघले विभिन्न स्थानमा फोटोयात्रा आयोजना गर्दै आइरहेको अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।




