भलामखोर स्थित अबैध रुपमा बन्यजन्तुको शिकार गरेको पोखरा २० भलामखोर बस्ने वर्ष ४२ को दिपेन्द्र के.सी.पक्राउ परेको छ ।
घरभित्र लुकाई छिपाई राखेको अबैध हतियार २ नाले Long rang made in Spain लेखिएको बन्दुक १ थान, उक्त हतियारमा लाग्ने खोका खाली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम, छर्रा बनाउन प्रयोग गरीने मेटल जस्तो पदार्थ ७७६ ग्राम,LEMAN YELLOW POWDER लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने पहेँलो रंगको धुलो पदार्थ (३६० ग्राम,POTASSIUM ACETATE लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने सेतो रंगको धुलो पदार्थ (३४५ ग्राम,मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छर सहितको ८०० ग्राम र ३ थान
टर्च लाईट सहित पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा दिन सात ९७० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी
बढाईएको र निजलाई अबैध बन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानको लागि उक्त मासु र छाला सहित पठाईने । जानकारी जिल्ला कास्की प्रहरी कार्यालयले दिएको छ ।




