तीन दिनदेखि सम्पर्कबिहिन एक युवा सेती खोंचमा मृत भेटिएका छन्।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका करुवा निवासी जगत पुन
चैत एक गतेदेखि सम्पर्कबिहीन भएका थिए । अन्दाजी २५ वर्षीय जगत पुन आफ्नै घरदेखि करीब तीन सय मिटर तल सेती खोंचमा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार, चैत १ गते राती करीब साढे ८ बजेदेखि घरबाट निस्किएका पुनको खोजि गर्ने क्रममा सेती नदीको किनारमा पुनले लगाएको एउटा चप्पल र कालो रङको झोला फेला परेपछि प्रहरीमा खबर आएको थियो। त्यसपछि उनको खोजीका लागि न्मेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले सोही क्षेत्रमा खोजी कार्यलाई तीब्रता दिएको थियो।
सशस्त्र प्रहरी कालिका गण मालेपाटनस्थित बिपतकालिन उद्धार टोलीले सेती नदीको करीब एकसय ५० मिटर भित्र खोंचमा ढुङ्गामा अड्किएको अवस्थामा पुनलाई मृत फेला पारि बाहिर निकालेको प्रहरीले जानकारी दिएको छ।




