• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

यूनाइटेड क्लब पोखराद्धारा कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

  •  संवाददाता
  • मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गरेको हो ।

    शैक्षिक सामाग्री वितरण कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले यूनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा क्लबहरु रहेको र उनीहरुले मेला महोत्सव आयोजना गर्ने गरेको भएतापनि सामाजिक क्षेत्रमा कुनै काम नगरेको वताउदै यूनाइटेड क्लबले पोखराको अमरसिंहमा स्थापना भएतापनि पोखरा र आसपासमा कार्यक्षेत्र बनाइ प्रतिफल योग्य काम गरेको वताए ।

    यूनाइटेड क्लबले आफ्नो बहुप्रतिक्षित योजना अन्तर्गत पोखरा २७ अर्चलेमा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागेको आवाशिय छात्राबास निर्माणको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने र आगामी वर्ष उक्त निर्माणस्थलमा पक्की बाटो निर्माण गरिदिने प्रतिवद्धता समेत ब्यक्त गरे । अध्यक्ष गुरुङले अर्चलेमा जन्मेर विभिन्न ठाँउमा बसोबास गर्नेहरुले कवि शिरोमणी आधारभुत विद्यालयको स्तरोन्नतीक लागि सहयोग गर्न समेत आग्रह गरे ।

    यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा स्थापना भएको यूनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको साविक लेखनाथ क्षेत्रलाईनै मुख्य आधार बनाइ काम गर्दै आइरहदा हाल सम्म क्लबले ८० प्रतिशत रकम लेखनाथ क्षेत्रमा खर्च गरिसकेको वताउदै लेखनाथमा चिडियाखाना बाट शुरु गरि विभिन्न विद्यालय हुँदै आफ्नै जग्गा खरिद गरि आवाशिय छात्राबास निर्माणको चरणमा पुगेको वताए ।

    त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त पौडेलले यूनाइटेड क्लबले विद्यालयको नयाँ सेसन शुरु हुने वेलामा विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई आवश्यक रहेको शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

    विद्यालयका प्रध्यानाध्यापक गुरु प्रसाद सापकोटाले गरिबका छोराछोरि अध्ययन गर्ने सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरि यूनाइटेड क्लबले ठुलो सहयोग गरेको बताउदै सामुदायिक विद्यालयलाई सहयोग दाता नपाएको खण्डमा विद्यार्थी लाई पढाउन गार्हाे हुने बताए ।

    सो अवसरमा वोल्दै यूनाइटेड क्लबका प्रथम उपाध्यक्ष तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमका संयोजक गणेश तिमिल्सिनाले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र यो पटक लेखनाथको अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुसी लागेको वताए ।

    सो अवसरमा पोखरा महानगरपालिका २७ बस्ने महेन्द्र पौडेल र उनका आमा देवी माया पौडेलको नाममा स्वर्गीय वुवा माधव प्रसाद पौडेको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष र यूनाइटेड क्लबका सल्लाहकार रमेश बहादुर कार्की एवं बुहारी सुमित्रा कार्कीले स्वर्गीय बुवा पूर्व प्रधानपन्च रुद्र बहादुर कार्कीको सम्झनामा ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन ।

    अक्षयकोषको रकम हस्तान्तरण गर्दै पोखरा २७ का महेन्द्र पौडेलले आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाइबहिनीहरुको शैक्षिक स्तरोन्नतीको लागि केही गर्नुपर्छ भनेर आफ्नो वुवाको सम्झनामा अक्षयकोष स्थापना गरेको वताए । त्यस्तै अर्का अक्षयकोष दाता रमेश बहादुर कार्कीले अर्चलेमा आफु विभिन्न कामको शिलशिलामा आउदा विद्यालयको वारेमा जान्ने बुझ्ने मौका पाएको र पुरानो विद्यालय भएतापनि अर्चलेका मानिसहरु शहर बसाइ सर्ने र गांउको विद्यालयको लागि कोही कसैले सहयोग गरेको नपाएपछि उनीहरुलाई झक्झक्याउनका लागि अक्षयकोष स्थापना गरेको वताए । आफ्नो ठांउको हरेक क्षेत्रको बिकासको लागि आफुहरुनै लाग्नुपर्ने अर्काको आश भरोसा गर्न नहुने वताउदै अर्चले बासीले पुरानो ऐतिहाँसिक विद्यालयको संरक्षणमा लाग्न समेत उनले आग्रह गरे ।

    यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले सरकारले विदेशमा जसरी सामुदायिक विद्यालयमा चासो दिएको खण्डमा कोही कसैको आस भरोसा नगरी सामुदायिक विद्यालयहरु सञ्चालन हुने वताउदै सरकारी निकायले यसतर्फ ध्यान दिन जरुरी रहेको वताए ।

    को अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका महासचिव दिनेश सुनारले गरेका थिए । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी जानकी माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड डिस्ंपेन्सर मेसिन वितरण गरिने महासचिव सुनारले जानकारी दिए ।

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.