• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने

  •  संवाददाता
  • आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा, २३ वैशाख

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । यस अगाडि मञ्चले यो अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा।वीरेन्द्रसिंह गुरुङ, चित्र बहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्या प्रसाद मर्सानीलाई सम्मान अर्पण गरिसकेको छ ।

    कहिल्यै नथाक्ने ईन्द्रा

    एथ्लेटिक्सकी ईन्द्राकुमारी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित छिन् । हुनपनि ४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी ईन्द्रा अहिलेपनि त्यसैका लागि अहोरात्र खटिन्छिन् । महिला चुलोचौकामा सिमित् हुने समयमा खेलकुदमा स्वर्णिम अक्षरले नाम लेखाउने ईन्द्रा त्यस समयकी ज्योति हुन् । घरबाट बाहिर निस्किदा कुरा काट्ने समयमापनि पुरुष सरह खेलेर गर्विलो इतिहास बनाएकी उनी खेलकुद क्षेत्रकी एक्ली बृहष्पती हुन् भन्दा फरक नपर्ला ।

    वि।सं।२०२४ सालमा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व।टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिएकी ईन्द्रा सानैदेखि खेलकुदप्रति रुची राख्थिन् । लाहुरे बुबाका कारण भारतमै कक्षा ७ सम्म अध्ययन गरेकी उनी विद्यालय स्तरीय प्रतियोगिताहरुमा भाग लिईरहन्थिन् । कक्षा ८ अध्ययन गर्नभने उनी आफ्नो पुख्र्यौली थलो स्याङ्जा पुतलीबजार फर्किईन् र त्यहिंको कोल्मा वराह माविमा अध्ययन गर्न थालिन् । त्यहाँपनि उनी विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिताहरुमा भाग लिईरहन्थिन् ।

    ईन्द्राको बुबा स्वर्गिय टीकाबहादुर मल्ल भारतीय पल्टनमा काम गर्थे । उनी बक्सिङका नामुद खेलाडी थिए । ईन्द्राका बुबामात्र होईन मामा यामबहादुर शाहीपनि बक्सिङका खेलाडी थिए । तीनै बुबा र मामाको प्रेरणामा ईन्द्राले क्याम्पस जीवनमापनि खेलकुदलाई निरन्तरता दिईन् । उनी एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिसलगायतका खेलहरु खेल्थिन् । तर विशेष रुची भने एथ्लेटिक्समै थियो । खास गरेर उनी एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सँधै प्रथम हुन्थिन् । पछि १ हजार ५ सय मिटर, ३ हजार मिटर, ५ हजार मिटर र १० हजार मिटरको धाविका बनिन् ।

    जीवन नै खेलकुदका लागि समर्पित गरेकी ईन्द्राले धेरैपटक खेलकुदका लागि त्याग गरेकी छन् । उनले खेलकुदकै लागि कहिले पढाई त्यागिन् त कहिले स्थायी जागिर । वि।स।२०५६ सालतिर ईन्द्रा एम।एड।अध्ययन गरिरहेकी थिईन् । त्यहिबेला उनलाई भारतमा नेसनल ईन्ष्टिच्यूट अफ स्पोर्टस् ९एनआईएस०मा डिप्लोमा गर्ने अवसर आयो । पढाई र खेल मध्ये एक रोज्नुपर्ने बेलामा उनले किञ्चित नसोंची खेलकुद रोजिन् ।

    त्यतिमात्र होईन उनले शिक्षिकाको स्थायी जागिर छाडेर खेलकुद राजेको इतिहास छ । २०४० सालदेखि अस्थायी र २०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो । तर यसमापनि उनले दोधार नभई खेलकुद नै रोजिन् ।

    खेलकुदमा लागेर उनले धेरै पाएकी छन् । नाम, दामसँगै ईज्जतपनि पाएकी छन् । ईन्द्रा मल्ल कसैले चिन्छ भने त्यो खेलकुदले नै दिएको हो । खेलकुदबाहेक अर्को केहि नसोंचेकी उनलाई खेलकुदमा राजनीति भएर अवसरबाट बञ्चित गराईंदा भने दुःख लाग्छ । जापानको टोकियोमा भएको ३२ औं ओलम्पिकमा उनी एथ्लेटिक्सको कोच बनेर जाने पक्का भयो । ओलम्पिक कमिटीले नामपनि पठायो । तर कोभिड जाँच्दा पोजिटिभ आयो । विरामी नै नभएको उनको कोभिड पोजिटिभ आएपछि उनी तीनछक्क परिन् । त्यसपछि उनी फरक÷फरक अस्पतालमा जाँच्न गईन् । तर त्यो अस्पतालबाहेक अन्य अस्पतालमा जचाउँदा कोभिड पोजिटिभ आएन । त्यहि बहानामा उनलाई रोकेर अर्कैलाई ओलम्पिकमा पठाइयो । त्यसपछि मात्र षडयन्त्रपूर्ण ढंगबाट रोकेको उनले चाल पाईन् । त्यसपछि भने उनलाई खेलकुदमा फर्किन मन लागेन । तर मन कहाँ मान्थ्यो र रु खेलकुदलाई नै जीवन मानेकी उनी मनले नमान्दानमान्दैपनि खेलकुदमा फर्किईन् ।

    त्यस्ता उदाहरणहरु धेरै छन् । पदकको आशा गरेर प्रशिक्षण लिएकी उनले कति पटक त प्रतियोगितामै भाग लिन पाईनन् । तेश्रो साफका लागि उनी वाल्किङ १० किलोमिटरमा प्रथमहुँदै नेपालबाट छनौट भएकी थिईन् । तर दुर्भाग्य भन्नुपर्छ अन्तिम समयमा आएर सो स्पर्धा क्यान्सिल भयो । त्यहि प्रतियोगिताका लागि भनेर झण्डै १० महिना प्रशिक्षण लिएकी उनी सहभागि हुन नपाएपछि निराश भईन् । हुन त उनी १ हजार ५ सय मिटर, ३ हजार र १० हजार मिटरको दौडकी धाविकापनि हुन् । तर अफिसियलले उनलाई सो स्पर्धाका लागि लगेनन् बरु उनको सट्टा मेनुका राउतलाई लगियो । सानो दुरीकी धाविका मेनुकाले त्यसबेला ३ हजार मिटर दौडमा सिल्भर मेडल जितिन् । मेनुका भन्दा कयौं गुणा अब्बल उनी आफू भएको भए त्यसबेला त्यो भन्दा ठूलो मेडल जित्नसक्ने आंकलन गर्दै थकथकाउँछिन् ।

    आफ्नो समयकी उम्दा खेलाडी ईन्द्राले कयौं दर्जनौं पदक जितेकी छन् भने राष्ट्रिय रेकर्डहरुपनि कायम गरेकी छन् । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पीयनसीपमापनि प्रथम स्थान हासिल गरिन् । ३० औं राष्ट्रिय च्याम्पीयनसीपमा हाल्फ म्याराथनमा रजन पदक, १० किलोमिटर वाल्किङमा स्वर्ण जितेकी उनले दोश्रो र तेश्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पीयनसीपमा गोल्ड मेडल जितेकी छन् । २६ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले २७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण, २८ औं राष्ट्रिय खेलकुदको १० किलोमिटर वाल्किङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन् ।

    त्यसबाहेक उनले भारतमा भएको आठौं एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको १० किलोमिटर वाल्किङमा सातौं, ५१ औं सिंगापुर ओपन च्याम्पीयनसीपको पाँच किलोमिटर वाल्किङमा चौथो, क्यानडामा भएको सेकेण्ड वल्र्ड जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा २३ औं स्थान र सिंगापुरमै भएको दोश्रो एयिसन जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा चौथो स्थान हासिल गरेकी छन् । त्यस्तै उनले सन १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रुपमा नाम लेखाएकी ईन्द्राले द हिमालयन माउन्टेन बाईक च्याम्पीयनसीपमापनि पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराईन् । त्यतिमात्र होईन उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडीपनि हुन् ।

    खेलकुदमा जीवन समर्पित गर्दा विवाहबारे सोंच्नै भुलेकी ईन्द्रा अहिले पोखरा–५ मालेपाटनमा बस्छिन् । खेलकुदसँगै विवाह भयो भन्ने गरेकी ईन्द्रा दैनिक रुपमा ५ बजे उठ्छिन् । उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने उनी अहिलेपनि दैनिक रंगशाला पुग्छिन् । त्यहाँ चेलाचेलीलाई केहिबेर सिकाउँछिन् र आफ्नो फिटनेसका लागिपनि समय खर्चिन्छिन् । फुर्सद मिल्ने वित्तिकै रंगशाला आउने उनी बेलुका ४ बजेदेखि ६ बजेको समयपनि प्रायः रंगशालामै बिताउँछिन् ।

    अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।
    मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ ।
    प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहनेछ ।
    अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।
    यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट ९मुस्ताङ गल्फकोर्ष०, लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा।लि।, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा ९हक्की संघ गण्डकी०, पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा।लि। लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

    आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.