नदीपुरमा हुने किब्स कप भेट्रान्स भलिबलको तयारी अन्तिम
चरणमा
पोखरा, १६ जेठ ।
पोखरामा क्रियाशिल युुनाइटेड किब्स क्लबको आयोजनामा हुने प्रथम खुल्ला
भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा यही १८ र
१९ गते सञ्चमलन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव
अशोक थापाले जानकारी दिए ।
उनका अनुसार अहिले १५ टिम दर्ता भइसकेको छ । सो प्रतियोगितामा दर्शकका लागि
भने प्रवेश निशुल्क गरिएको छ ।
अनुमानित २५ बढी टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले ४० हजार,
उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने थापाले बताए ।
उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर
समूहले मात्र सहभागिता जनाउन पाउनेछन् ।
खेल जीवनलाई ताजा बनाइराख्न र आपसी भाइचारालाई कायम गर्नका लागि ३५
वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको युुनाइटेड
किब्स क्लबले जनाएको छ ।




