फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको
सशस्त्र प्रहरी बल नं।२४ कालिका गणको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका छन ।
एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको
हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उध्दार गरिएको
कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए। उनि अस्ट्रेलियाको २७ वर्षिय नागरिक
लाउरा (Laura) रहेको गणपति शर्माले जानकारी दिए ।
एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने
वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो ।
फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार
फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




