पोखरा, १९ जेठ ।
युनाइटेड किब्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५
प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(
शनिबार) भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२
को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो ।
उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त
गर्याे ।
यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा
प्रमाणपत्र हात पारे ।
सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै उत्कृष्ट स्पाइकरबाट टेक बहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना
ट्रफि र नगद राशीबाट पुरस्कृत भए ।
कुल १६ टिमबाट विजेता तथा उपविजेता बनेको टोलीलाई समापन समारोहका प्रमुख
अतिथिसमेत रहेका गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, आयोजक संस्थाका अध्यक्ष
धिरज गुरुङ प्रायोजकले पुरस्कार वितरण गरेका थिए ।
उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवार र आयोजक संस्थाको तर्फबाट विविध
साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
युनाइटेड किब्स क्लबका अध्यक्ष धिरज गुरुङको सभापतित्वमा सम्पन्न
कार्यक्रमको सञ्चालन अशोक थापाले गरेका थिए ।




