ललितपुर चन्द्रागिरी हेरिटेज मोटर ¥याली तथा नेसनल अटोक्रस च्याम्पियनसिप
सम्पन्न भयो ।
पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य शिशिर खनालले फ्ल्याग अफ गरी शुभारम्भ गर्नुभएको
सो ¥याली धोबीघाट–जाउलाखेल–थापाथली–त्रिपुरेश्वर–न्युरोड जुद्धसालिक–ठमेल–बालाजु–
स्वयम्भू–बल्खु–कीर्तिपुर–भत्केपाटी–मच्छेगाउ हुँदै मातातीर्थ पुगेर सम्पन्न भएको थियो। त्म्क्
सिस्टमको सो मोटर र्यालीमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो, प्रवेश पौडेल र प्रज्वल
पौडेल दोस्रो र आशिष भारती र गौरवमान तुलाधारको जोडी तेस्रो भए ।
त्यसैगरी चन्द्रागिरीकै मदन भण्डारी खेलमैदानमा भएको नेसनल अटोक्रस च्याम्पियनसिपमा
मोटरस्पोर्ट्सका रेसिब लाइसेन्स प्राप्त ड्राइभर्सहरूले आफ्नोस्पीड र स्किल प्रर्दशन गरे।मटर
लम्बाई र ८ मिटर चौडाइमा तयार गरेको अस्थायी ट्रर्याकमा ११ जना ड्राइभर्सलाई पछि
पार्दै आशिष भारती नेसनल क्याटेगोरीमा प्रथम भएका छन्। चन्द्रागिरीकै विप्लक श्रेष्ठले
दोस्रो स्थान पक्का गरे भने सोही ट्रर्याकमा भएको नोभिस क्याटेगोरीको रेसिङ्गमा लाक्पा
सोनम शेर्पा पहिलो र राजकुमार कार्की दोस्रो भए ।
उक्त तीनवटै विधाका विजयी र सहभागीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी,
एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपाल र आयोजक क्लब
एनएमएसआरका पदाधिकारीहरूलेसिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रमका विजयीलाई मोटो स्पोर्ट्सको
एसिया प्यासिफिक अटो जिमखानामा सहभागी गराइने जानकारी कार्यक्रम संयोजक अनिल
बरालले सार्वजनिक गर्नुभयो। सोपुरस्कार वितरण समारोह चन्द्रागिरीमा रहेर काठमाडौँ
उपत्यकाभरि सक्रिय रहने गरी सुरु भएको वाइल्ड विस्स नेपाल क्लबलाई समेत सार्वजनिक
गरियो। त्यसैगरी कार्यक्रममा वक्ताहरुले चन्द्रागिरीलाई साहसिक खेलको केन्द्र बनाउने
प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उद्धघाटन तथा समापन समारोहका वक्ता, अतिथी तथा
सहभागीहरुले नेपालको दिगो पर्यटनमा साहासिक खेलको महत्वबारेप्रकाश पार्नु भएको
थियो ।




