पोखरा
गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत
रग्बी १० खेल सकिएका छन् । बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको
पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित
समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो ।
पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले
पराजित ग¥यो । मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई
२–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे । यस्तै कर्णालीले
गण्डकी प्रदेशलाई २–० स्कोरले पराजित गर्न सफल भयो ।
महिलातर्फ ३ खेल बराबरीमा सकिँदा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १–०
स्कोरले पराजित ग¥यो । महिलातर्फ गण्डकी र बागमती, मधेश र कोशी तथा
सूदुरपश्चिम र गण्डकी बराबरीमा रोकिए । यी तीन खेलमा दुवैतर्फबाट स्कोर हुन
सकेन । महिला र पुरुष दुई इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशले
सहभागिता जनाएका छन् ।
यूू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए
यूू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




