खरा स् पोखराबाट जबरजस्ती क’रणी मु’द्दाका अभियुक्तलाई छुटाई दिन्छौ भनी १३ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले प’क्राउ गरेको छ ।
प्रहरी, वकिल र अदालतसँग हाम्रो सेटिङ राम्रो छ, एक करोड रुपैयाँ दिए मिलाईदिन्छु, नत्र १५ वर्ष जेलमा जानुपर्छ भन्दै प्रतिवादीबाट १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिई ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पोखरा(१७ राष्ट्रबैंक चोकस्थित एक खाजाघरबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६र६ लाखका २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु, चार थान मोवाइल बरा’मद गरेको छ ।
प’क्राउ पर्नेमा पोखरा(५ मालेपाटन निवासी ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाउँपालिका(१ घर भई हाल पोखरा(२५ हेम्जा बस्दै आएका ३९ वर्षीय कमानबहादुर तामाङ रहेका छन्। उनीहरुलाई प्रहरीले यही १९ गते बुधबार साँझ प’क्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
उनीहरु दुबैलाई ठ’गी, आपराधिक बिश्वास’घा’त तथा आप’राधिक लाभ सम्बन्धी कसूर अन्तर्गत मु’द्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता सुबाश हमालले जानकारी दिनुभयो ।




