पोखरामा सम्पन्न खुल्ला स्क्वास प्रतियोगितामा पुरुष तर्फ आभन श्रेष्ठ तथा
महिला तर्फ सृष्टिका उदास विजयी बनेका छन् ।
अन्र्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्की द्धारा आयोजित प्रतियोगितामा
पुरुष तर्फ ३२ र महिला तर्फ ८ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई पदक प्रदान गरिएको थियो ।
प्रतियोगितमा महिला तर्फ उपविजेता समिक्षा ठकुरी, पुरुष तर्फ नवराज श्रेष्ठ
भएका थिए ।
यसैगरि महिला तर्फ निष्ठा ७नतसेष्ठ र अपेक्षा अधिकारी, पुरुष
तर्फ आरभ श्रेष्ठ र राजुश्रेष्ठले कास्य पदक जितेको कास्की जिल्ला स्क्वास
र्याकेट एशोसिएसनका अध्यक्ष प्रविण पालिखेले जानकारी दिएका थिए ।
विजेत तथा उपविजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष
तेजबहादुर गुरुङ्गले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।




