पोखरा ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१
खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक
कार्यक्रमका बीच सम्मान गरिएको हो ।
नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु
कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख
गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा
थुुप्रै लगानी गरेको भनाई उहाँको छ ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका
खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा
मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद
प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाई उहाँको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले
जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो ।
आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाई
उहाँको छ ।
प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान
प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




