पोखरा ९ न्यूरोड स्थित संचालनमा रहेको श्री विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका
पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा
संलग्न रही हालसम्म फरार रहेका प्रतिवादी विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा समिति सदस्य जिल्ला कास्की
पोखरा १४ औधोगिक क्षेत्र बस्ने वर्ष ४० का हरी प्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी
टोलिले पक्राउ गरेको छ । सहकारी ठगी मुद्दामा १७ जना पक्राउ गरिएको र १४ जना फरार रहेको हुँदा खोजतलास
कार्य भई रहेको । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विन्दवासिनी सहकारी समितिका लेखा समिति सदस्य हरी प्रसाद अधिकारी पक्राउ
विन्दवासिनी सहकारी समितिका लेखा समिति सदस्य हरी प्रसाद अधिकारी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




