पोखराको हल्लन चोकमा आज बिहान मोटरसाइृकल र हाईलक्स एक आपसमा ठक्कर हुंदा मोटरसाईकल चालक ईश्वरको मृत्यु भएको छ ।
पोखरा ६ हल्लन चोक स्थित ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मो.सा एक आपसमा ठक्कर
खाँदा मोटरसाइकल चालक पोखरा ८ बस्ने वर्ष २६ को ईश्वर परियार घाइते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरामा उपचारको
क्रममा मृत्यु मृत्यु भएको छ ।
उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई दुबै सवारी
साधन र हाईलक्स चालक सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा
लिएको जानकारी जिल्ला प्रहरी कास्कीले दिएको छ ।




