पोखरा, २५ साउन ।
आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल
प्रतियोगिता हुने भएको छ ।
पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म
सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए ।
उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता
आयोजना गर्न लागेको बताए । लोकल लेभलमा पनि राम्रा
खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुबले भने, ।।।
त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गर्न
लागेको हुँ,’ उनले भने ।
उनका अनुसार सो प्रतियोगितामा ए’ बि’ र सि’ डिभिजन खेलेका
खेलाडीहरु सहभागि हुन पाउने छैनन् ।
उक्त प्रतियोगिताले फुटबलको विकासमा समेत टेवा पुर्याउने विश्वास छ ।
पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल
तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल
तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उदीयमान
खेलाडीलाई नगद रु ५ हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक,
उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले
पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा सहभागित टिममध्ये एक टिमलाई अनुशासित टिमका रुपमा
नगद रु ५ हजार प्रदान गरिने विकास गुरुङले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण
गरिएको छ ।




