नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं
शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको
ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ ।
सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष
प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ
ल्याब पोखरामा सञ्चालन गरिएको हो ।
प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर
बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला
प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर
मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै अन्य
क्यान्सरको परीक्षण र होलबडी परीक्षणको प्याकेजसमेत रहेको ल्याबका
प्रबन्ध निर्देशक पवन जोशीले बताए । रेस्पेरेटरी प्यानल,
ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस÷इन्सेफ्लाइर्टस
प्यानललगायतका परीक्षणको सुविधा नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । ।।।
हामीले गुणस्तरमा पनि उत्तिकै जोड दिएका छौं’, जोशीले भने ।
२०६९ सालमा बुटवलबाट सुरु भएको नेशनल प्याथ ल्याबले पोखरासहित देशका नौै
सहरमा शाखा विस्तार गरेको छ । काठमाडांै, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची,
घोराही, तुलसीपुर, धनगढी र पोखरामा प्रयोगशाला छन् । जसमध्ये काठमाडौं र
बुटवल शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ।।।ए’ ग्रेडको मान्यता पाएका
प्रयोगशाला हुन् । पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ।बि’ ग्रेड
मा सूचिकृत छ ।
संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि
पोखरामा प्रयोगशाला स्थापना गरिएको बताए । ।।।स्वास्थ्य परीक्षणका लागि डिजिटल
प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएका छौं । बिरामीका
आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्नेछन्’, कार्कीले भने ।
पोखरामा नेशनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धि
परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ
। नमुना परीक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत
प्रभावित हुने अध्यक्ष कार्की बताउछन् ।
प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निशुल्क
जाँचको व्यवस्था मिलाइएकोे पोखरा शाखा प्रमुख अच्युतराज अधिकारीले बताए ।
ग्रामिण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निशुल्क स्वास्थ्य शिविर सञ्चालन
गर्ने उनले जानकारी दिए ।
नेशनल प्याथ ल्याबले काठमाडौंमा ८ सय बढी इनहाउस परीक्षण सेवा दिदैं
आइरहेको छ । नमुना परीक्षण, कर्मचारी संख्याका हिसाबले नेशनल प्याथ ल्याब
नेपालकै ठूलो प्रयोगशाला हो ।
पोखराको प्रयोगशालामा २२ जनाले रोजगारी पाएका छन् । शुभारम्भको अवसरमा
होल बडी चेकअपका लागि दुई हजार रुपैैयाँको आफर ल्याएको ल्याबले
प्याकेजमा विशेष छुट दिएको छ ।




