साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।
प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेशको प्रशिक्षक र खेलाडी सहभागिता रहेको थियो । नेपालले भुटान र बंगलादेशले भारतलाई पेनाल्टीमा पराजित गरेको थियो ।
बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्म पुग्न निकै कठिन भएपनि फाइनलका लागि तयार रहेको बताए । ‘नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो । किनकी धेरै खेलाडीले यहीँ खेलेका छन् । हामी फाइनलका लागि तयार छौं । ‘
नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघि समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २(१ ले पराजित गरेको थियो ।्




