दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपालले पहिलो हाफमा अवसरहरु सृजना गरे पनि गोल हुन सकेको थिएन । बंगलादेशले अन्तिम मिनेटमा पाएको फ्रिकिकमा सिधै गोलमा परिनतसंगै अग्रता लिएको थियो ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेले पनि गोल हुन सकेन तर खेलको ५५ औ मिनेटमा बंगलादेशले दोस्रो गोल गरेका हुन् ।
खेलको ७१ औ मिनेटमा डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा रवि हुसेनले गोल गरे ।
८१ औं मिनेटमा नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । ९६ औं मिनेटमा बंगलादेशले पुनः गोल गर्दै जित सुनिश्चित गर्यो ।




