• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

२६ औं संस्करणको लामाचौर तीज महोत्सव सम्पन्न

  •  संवाददाता
  • शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    Advertisement

    तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ ।

    संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ ।

    राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा सम्झना ‘बत्ती बाल्नै पर्दैन यो गाउँमा’ गाउँदा दर्शक छमछमी नाचेर साथ दिए ।

    २० टिमले भाग लिएको अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगितामा सक्षम अभियान नेपाल प्रथम भयो । लामाचौरको शिवालय तमु समाज दोस्रो, महिला स्वास्थ्य स्वयंसेविका समाज तेस्रो र महिला समाज कल्याण आमा समूह सान्त्वना भए । प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार प्रदान गरिएको संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए ।

    अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम भएको छ । प्रगति इङ्लिस बोर्डिङ दोस्रो तथा सरस्वती विद्याश्रम तेस्रो भयो । रिभरडेल बोर्डिङ, बेसलाइन एकेडेमी र अल्फा इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भए । गुरुकुल विद्यासदनले उत्कृष्ट भेषभूषाको पुरस्कार जितेको छ । लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ४०, २५, १५ र ५ हजार पाए । उत्कृष्ट भेषभूषा प्रस्तुत गर्ने गुरुकुलले ५ हजार जितेको प्रचार संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा राखिएका औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलमा पनि किनमेलको उस्तै भीड थियो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ ।

    आयोजकले ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुलीलगायतलाई उतारेको हो ।

    यस्तै, शिक्षा, युवा उद्यमशीलता विकास र खेलकुद क्षेत्रमा योगदान दिनेलाई सम्मानित भए । सम्मानित हुनेमा सामुदायिक विद्यालयको विकासमा अतुलनीय योगदान दिएकोमा मिलन केसी (शिक्षातर्फ), कञ्चन क्यापिटलका संचालक विमल गुमाजू (युवा उद्यमशीलतातर्फ) र महिला राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाही (खेलकुदतर्फ) छन् । उनीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापालगायतले सम्मानित गरे ।

    समापन समारोहमा स्वागत प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक दिनेश भण्डारीले गरे । संचालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँले गरे । अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।

    महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता थियो । महिलातर्फ न्यू डायमण्डलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको छ ।

    पुरुषतर्फ विभागीय एपिएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ । महिलातर्फ विजेताले १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए । एपिएफकी पुजा चौधरीले मस्ट भ्यालुयबल प्लेयर भए ।

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.