भदौ २९ पोखरा । पोखराको रंगशालामा सम्पन्न स्व.इन्द्र बहादुर
गुरुङ स्मृति विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मैत्रिय
पाठशाला च्याम्पियन बनेको छ । शनिबार सम्पन्न प्रतियोगितामा
१२ अंक बटुल्दै मैत्रिय पाठशाला च्याम्पियन बनेको हो । ११
अकं सहित मदरल्याण्ड दोस्रो र १० अंक बटुल्दै प्रतिभा माध्यमिक
विद्यालय तेस्रो बन्यो ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका छात्र सिंगलतर्फ मैत्रिय
पाठशालाका मिजास उदास प्रथम, मैत्रिय पाठशालाकै प्रसिद दुरा
द्वितिय,सेन्ट फ्रान्सिसका उज्वल थापा र न्य७त्रगयतस मिलिनियमका साइमन
भण्डारीले तृतिय स्थान प्राप्त गरे ।
यस्तै छात्रा तर्फ प्रतिभा माध्यमिक विद्यालयकी सेरिन प्रधानाङ्ग
प्रथम, मैत्रियका प्रथिसा शर्मा द्वितिय, रेन्बो एकेडेमीका अभिलासा
अधिकारी र बाल प्रतिभा बोडिङ्ग स्कुलकी स्वास्तीका तिमिल्सीना तृतिय
बनिन् ।
कक्षा ६ देखि ८ सम्मको छात्रा सिंगल्स तर्फ मैत्रिय पाठशालाका निभा
राई प्रथम, कास्की मोडनाइज एकेडेमीकी खुसी दाहाल द्वितिय,
प्रगती बोडिङ्ग स्कुकी अंशु परियार र स्टेप वाइ स्टेपकी आकृती
थापा तृतिय भए
यस्तै सोही स्पर्धामा छात्र तर्फ पोखरा पब्लिक स्कुलका अमृत थापा
प्रथम, गेजराज कार्की द्वितिय, सैनिक आवसिय माविका प्रसन्न क्षेत्री र
कञ्चन जंगा स्कुलका सक्षम गुरुङ तृतिय भए ।
कक्षा ९ देखि १० सम्मको छात्रतर्फ हिमालयन बोडिङ्ग स्कुलका साईमन
कार्की प्रथम, मैत्रियका अभिराज शेरचन द्वितिय, प्रगती बोडिङ्ग स्कुलका
पवन ग७३घढसरुङ र करुण पौडेलले तृतिय स्थान प्राप्त गरे ।
यस्तै छात्रातर्फ सेन्ट मेरिजकी दिलसा राना प्रथम, अम्मरसिंह माविका
रक्षा फगामी द्वितिय, एसओएसका छिरिङ याङतेन र दावा नाम्दु तृतिय
बने ।
कक्षा ११ देखि १२ सम्मको छात्र सिंगलतर्फ मदरल्याण्ड बोडिङ्ग
स्कुलका दिप राना प्रथम, प्रतिभा बोडिङ्गका सुमित सुनार द्वितिय,
मदरल्याण्डका पृथक गुरुङ र प्रतिभाका विज्ञान भण्डारी तृतिय भए ।
छात्रातर्फ मदरल्याण्डका विसिस्ता केसी प्रथम र उपसना पौडेल द्वितिय,
मदरल्याण्डैक दिपिका आले र एसओएसका छिरिङ डोल्मा लामा तृतिय
बन्न सफल भए ।
यस्तै कक्षा ११ र १२ को छात्र डबल्समा प्रतिभा बोेडिङका विज्ञान
भण्डारी र स७३घढसमित परियारको जोडीले प्रथम स्थान प्राप्त गर्दा अमरसिंह
माविका बसन्त पौडेल र निश्चल गुरुङको जोडी द्वितिय सैनिकका अनु
थापा र शुसन कुँवर र मदरल्याण्डका दिप राना र पृथक गुरुङको
जोडीले तेस्रो स्थान प्राप्त ग¥यो ।
प्रतियोगितामा उदयमान खेलाडीको पुरस्कार कास्की मोडनाइजका
खुसी दाहाल र पोखरा स्पाइरलका गेजराज कार्कीले प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई कास्की जिल्ला ब्याडमिन्टन संघका
संस्थापक अध्यक्ष जयराम हमाल, सल्लाहकार बाबुराम पन्त, स्व.इन्द्र
बहादुर गुरुङकी श्रीमति जगदेश्वरी गुङ, छोरी कञ्चन गुरुङ,
प्रतियोगिता संयोजक विशाल खड्का, सचिव फणिन्द्र तिमिल्सीना,
अध्यक्ष शुसिल श्रेष्ठ लगायतले ट्रफि, मेडल र प्रमाणपत्र वितरण
गरेका थिए ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुक्रबारबाट शुरु
भएको प्रतियोगितामा ४० स्कुलका १ सय ९५ जना विद्यार्थीहरुले
सहभागिता जनाएका थिए ।




