माल्दिप्समा जारी काभा महिला च्याम्पियनमा नेपाल पुलिसले साझो सेटमा उज्वेकिस्तानको हुमो क्लबलाई पराजित गरेको छ ।
माल्दिभ्सको राजधानी मालेमा भएको काभा माहिला च्याम्पियनमा नेपालको पुलिस क्लबले उज्वेकिस्तानको हुमो क्लबलाई पहिलो सेट २५-१९ ले पर
पराजित गरेको िथयो । दोस्रो सेटमा १९-२२ ले पछि परेको नेपाल पुर्नगमन गर्दै २७-२५ ले जित हसिल गरेको थियो । तेस्रो सेट २५-१९ ले सजिलै जित हासिल गरेको थियो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली थिए ।
लिगको दोस्रो खेलमा पुलिसले सोमवार श्रीलंकाको पुलिस क्लबको सामना गर्नेछ । तेस्रो खेल मंगलबार ताजकिस्तानको क्लबको सामना गर्दैछ । चौथो तथा समूह चरणको अन्तिम खेलमा बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।




