पोखरामा आठौं सस्करणको खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता
हुने भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता
आयोजना गरिएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी
दिइएको हो ।
पोखरा ३ नदीपुरस्थित छन्तयाल समाजको खेल मैदानमा यही असोज ९ देखि १३
गतेसम्म खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको
प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।
।।।भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका
लागि पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता
आयोजना गरिएको हो’, संयोजक खड्काले भने, ।।।प्रतियोगिता पोखरा भलिबल
प्रशिक्षण केन्द्रको आयोजना र ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिब
प्रेसको सहआयोजनामा यही असोज ९ देखि १३ गतेसम्म पोखरा–३ नदीपुरस्थित
छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।’
उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले
८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुषतर्फ भलिबल
प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क
निर्धारण गरिएको छ ।
यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित
शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा
सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण
गरिएको छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर,
डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले
आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना
र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक
खड्काले बताए ।
उनका अनुसार पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट
सिस्टममा सञ्चालन गरिने छ ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी
उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ । प्रशिक्षण केन्द्रले
गतवर्ष मृगौला पीडित सुरज गुरुबलाई मृगौला प्रत्यारोपण तथा उपचारका लागि
१लाख र मनकुमारी पुनलाई ब्लड क्यान्सर उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक
सहयोग गरेको जनाएको छ ।
प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले
जनाएको छ । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर
कायम गरिने आयोजकले जनाएको छ ।




