नेपाल पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-0 को सोझो सेटमा पराजित गरी उपाधी चुमेको छ ।
माल्दिभ्सको मालेमा भएको फाईनलमा नेपालले उज्वेकिस्तानको हुमो क्लबलाई पहिलो सेटमा २५ -१६ ले विजय भएको थियो । दोस्रो सेटमा २५ -२२ को सेटले विजय भएको थियो । त्यसै गरी तेस्रो सेटमा नेपालले २५ -२१ ले विजय भएको थियो ।
पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स, तेस्रो खेलमा ताजकिस्तानको डाइमेडलाई ३-० को सेटमा पराजित गरेको थियो । चौथो खेलमा माल्दिभ्सको वान्को भलिबल क्लबलाई समान ३-२ को सेटले पराजित गरेको थियो ।




