पोखरा गण्डकी प्रदेश वाई वाई यु–१९ छनोट क्रिकेट प्रतियोगितामा तनहुँले पर्वतलाई ९ विकेटले हराएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पर्वत २६।५ ओभरमा अलआउट हुँदै ७६ रनमात्र जोड्न सफल भयो । पर्वतका सन्देश खड्का र अभिरत पटेलले बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । खड्काले १२ र अभिरतले १२ रन जोडे । खेमबहादुर नेपाली ७, किरण पौडेल ६ र समर बस्याल ६ रनमा आउट भए । सरोज बहादुर खत्री, दिपेन्द्र भण्डारी, सोनु यादव र साहिल सुवेदी शुन्यमा आउट भएभने सफल सुवेदी २ रनमा आउट भए । सुुनिल क्षेत्री ८ रनमा नटआउट भए ।
देवकुमार पासवानले ९ ओभरमा १५ रन खर्चदै सर्वाधिक ४ विकेट लिए । भानस क्षेत्री र सन्ध्या बञ्जाराले समान २–२ तथा प्रदिप पौडेलले १ विकेट लिए ।
७७ रनको विजयी लक्ष्य पाएको तनहुँले १८।१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । ओपनर इशान श्रेष्ठले ५३ बलमा २ चौका प्रहार गर्दै १८ रनमा नटआउट रहे । यस्तै भानस क्षेत्रीले ३० बलमा ५ चौका प्रहार गर्दै २१ रनमा नटआउट रहे । सुप्रिम सुनार २७ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २५ रन बनाउँदै रनआउट भए ।
जितसँगै तनहुँले २ अंक जोडेको छ । यस्तै सोमबार पर्वत कास्की सँग ८ विकेटको हार व्यहोरेको थियो । कास्कीको पनि २ अंक रहेको छ ।
६ जिल्लाको सहभागिता रहेको प्रतियोगिताको समुह बी मा नवलपुर, स्याङ्जा र बागलुुङ रहेका छन् ।
युु१९ क्रिकेट ः तनहुँ ९ विकेटले विजयी
युु१९ क्रिकेट ः तनहुँ ९ विकेटले विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




