काभा अण्डर २० मा नेपालले सोझो सेटमा तुर्कमेनिस्तान लाई पराजित गरेको छ ।
श्री लंकामा जारी काभा यु २० मा नेपालले पहिलो सेट २५-१४ ले जितेको थियो । दोस्रो सेटमा २५-२१ ले जितेको थियो । तेस्रो सेटमा २५-२० को अन्तरले जितेको थियो ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग ३(१ ले पराजित नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ३(० को सेटमा पराजित गरेको थियो । बिहीवार भएको खेलमा नेपालमाथि किर्गिस्तानले ३-२ को सेटमा जित हात पारेको थियो ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुनेछ । केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।
प्रमुख प्रशिक्षकमा रमेश के.सी रहेको छ ।




