नेपाल क्रीकेट संघ को आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता को लागी गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोलि को घोषणा भएको छ यहि कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो ।
उनी अ १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् र नेपाल ए बाट समेत नेपाल को प्रतिनिधित्व गरेका छन। गण्डकीको टिममा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् । त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।
गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेश संग खेली प्रतियोगिता को सुरुवात गर्ने छ । रिजन प्रजु को प्रशिक्षण मा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार रहेको छ ।
टोलि को ब्यबस्थापकमा स्याङ्जाका अबिशेक ढकाल रहेका छन ।




