• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन

  •  संवाददाता
  • बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
    Advertisement

    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।

    हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् । दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताइन् ।

    उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन्भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हँुदै पैदलयात्रा गरेर आउने पर्यटकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरुले बताएका छन् ।

    दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताए । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ ।

    धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प ९एबिसी०बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका होटल व्यवसायी पुनले जानकारी दिए । विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको उनको भनाइ छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।

    समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सयजना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।

    हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ ।

    घोडेपानी पुगेका धेरै पर्यटक हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन् ।

    बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.