बार्सिलोनाले च्याम्पियन लिगमा बायर्न म्युनिख ४-१ ले जित हात पारेको छ।
बुधबार राति घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै राफिन्हाको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो। उनले फर्मिन लोपेजको क्रसलाई सदुपयोग गरे। १८ औं मिनेटमा ह्यारी केनले बायर्नको लागी गोल गरे ।
२७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । पहिलो हाफको अन्त्यतिर राफिन्हाले टोलीका लागि तेस्रो गोल गरे।
५६औं मिनेटमा लामिन यमलको पासमा राफिन्हाको ह्याट्रिकसंगै बार्सिलोनालाई जित दिलाए।




