मेनचेस्टर सिटीले च्याम्पियन लिगमा स्पाटा प्राहामाथि प्रभावशाली जित हात पारेको छ।
बुधबार भएको खेलमा मेनचेस्टर सिटीले ५–० ले विजयी भएको हो।
खेलको तेस्रो मिनेटमा सिटीको फोडेनले गोल गर्दै सुरुआती अग्रता लिएको थियो। मध्यन्तर पछि ५८ औं मिनेटमा हालाण्डले गोल गर्दै दोब्बर बनाएका थिए । खेलको ६४औ मिनेटमा स्टोनले गोल गर्दै तिन गोलको अग्रता बनाएको थियो । ६८औ मिनेटमा हालाण्डले गोल गरेका थिए । एक तर्फी भएको खेलमा स्पाटा खेलमा फर्कन प्रयास गर्दै रहंदा मेनचेस्टर सिटीको तर्फ बाट नुनेज गर्दै जित सुनिश्चित बनाएको थियो ।




