नेपालको फराकिलो हार यु–१७ एसियन कप छनोटमा जापानले नेपालको पोष्टमा ९ गोल गर्यो ।
कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियमा बुधबार राति भएको खेलमा नेपालको सुवास बमको क्रसमा सविनकुमार मगरले ११ आ ै मिनेटमा गोल गर्दै सुरुआती अग्रता लिएको थियो।
जापानको दाईची तानी ले १७ औ मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । जापानले खेलको १९ औ मिनेटमा हिरोतो असादाले गोल गर्दै अग्रता दिलाएका थिए । जापानको तर्फ बाट ३८ औ र ४३ औ मिनेटमा दाइची तानीले गोल गरे । मध्यान्तरको १ मिनेट रहंदा जापानको हिरोतो असादाले गोल गरे । खेलको ६२ औ मिनेटमा फेरी जापानको तर्फबाट दाईची तानीले गोल गरेका थिए । जापानको जितमा दाईची तानीको ४ गोल रहेको थियो भने ।खेलको ६४ औ मिनेटमा हिरोतो असादा र ७३ औ मिनेटमा जापानको तर्फबाट मिबुकी कसाईले गोल गदै दुरी बढाएका थिए । खेलको ७७ औ मिनेटमा पुन ः जापानको खेलाडी केईजी छोनानले गोल गरेका थिए । अन्तत जापानले नेपालमाथि ९-१ ले जित हासिल गर्यो ।
त्यसै गरी एफसी यु १७ अर्को खेलमा कतारले मंगोलीयालाई ९-० ले पराजित गरेको छ ।




